Skip
आज : २०८३ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दसैँको सातौँ दिन: फूलपाती भित्र्याइँदै, आजदेखि सरकारी कार्यालय बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३१ गते


Advertisement

३१ असाेज, काठमाडौँ । बडादसैँको अवसरमा आज सप्तमी अर्थात् फूलपाती पर्व मनाइँदै छ।

सरकारी कार्यालयमा दसैँबिदा पनि आजैदेखि सुरु भएको छ। सरकारी कार्यालय अब कात्तिक ६ गतेसम्म सञ्चालन हुनेछ्न्।

फूलपातीका दिन शक्तिस्वरूपा भगवतीको सातौँ रूप माता कालरात्रिको पूजा आराधना गर्ने परम्परा रहेको छ।

कालो वर्ण, गधा वाहन, तीन आँखा र चार हात भएकी कालरात्रि देवीले क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा धारण गरेकी छिन्।

उनको स्वरूप डरलाग्दो भए पनि भक्तजनलाई शुभ फल दिने भएकाले उनलाई ‘शङ्करी’ नामले पनि चिनिन्छ। मान्यता अनुसार, देवी कालरात्रिको स्मरण गर्दा दानव, दैत्य, राक्षस, भूतप्रेत भाग्ने विश्वास गरिन्छ।

शास्त्रीय विश्वासअनुसार, सप्तमीका दिन देवी कालरात्रिको आराधनाले भक्तजनलाई साहस, धैर्य र आत्मविश्वास प्रदान गर्छ।

साथै, जीवनका समस्याहरू समाधान गर्ने शक्ति प्राप्त हुने तथा शत्रु नाश हुने भनाइ छ। यस दिन देवीलाई सख्खर अर्पण गर्ने र गरिबलाई दान गर्ने परम्परा छ, जसले दरिद्रता निवारण हुने विश्वास गरिन्छ।

यसै दिन सरस्वती माताको पनि आराधना गरिन्छ। साथै गोरखा दरबारबाट काठमाडौँ दरबारमा फूलपाती ल्याउने ऐतिहासिक परम्परा पनि आजकै दिनसँग सम्बन्धित छ। आजै राजधानीको सैनिक मञ्चमा फूलपाती बढाइँ गरिन्छ ।


प्रतिकृया दिनुहोस्