काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३र८४ का लागि चिकित्सा शिक्षामा ४१८ सिट थप गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले कुल ९ हजार ६ सय ९१ सिट निर्धारण गरेको हो।
एमबीबीएसतर्फ ११० सिट थपिएका छन्। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ५०, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३०–३० सिट पाएका छन्। निजी मेडिकल कलेजमा भने एमबीबीएस सिट बढाइएको छैन।
त्यस्तै, बीएससी नर्सिङमा २१० र बीएमएसमा ९८ सिट थप गरिएको आयोगले जनाएको छ।































