Skip
आज : २०८३ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

खुलामञ्च मर्मतमा कांग्रेसले खर्च बेहोर्ने, ४५ दिनभित्र हराभरा बनाइने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३० गते


Advertisement

३० असोज, काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचना आफ्नै खर्चमा मर्मत गर्ने भएको छ।

असोज १८ देखि २३ गतेसम्म महाधिवेशन आयोजना गर्दा बिग्रिएको खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउन कांग्रेसले नयाँ दुबो रोप्ने र आवश्यक मर्मतसम्भार गर्ने सम्झौता गरेको हो।

सम्झौताअनुसार ४५ दिनभित्र खुलामञ्चलाई हराभरा बनाइनेछ। सुरुका १५ दिनमा दुबो रोप्ने र बाँकी ३० दिन त्यसको स्याहार, सिँचाइ तथा संरक्षण गरिनेछ।

काठमाडौँ महानगरपालिकाको मापदण्डअनुसार खुलामञ्च पुनःस्थापनाको जिम्मा माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिलाई दिइएको छ।

यस कार्यमा लाग्ने सम्पूर्ण खर्च कांग्रेसले नै बेहोर्नेछ। सम्झौतामा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र संस्थाका प्रतिनिधि थमन भुसालले हस्ताक्षर गरेका छन्।

वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको रोहवरमा सम्झौता भएको हो।

काम सम्पन्न भएपछि महानगरपालिकाको मापदण्डअनुसार खुलामञ्चलाई व्यवस्थित अवस्थामा हस्तान्तरण गरिने जनाइएको छ।


प्रतिकृया दिनुहोस्