Skip
आज : २०८३ आश्विन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २८ गते


Advertisement

२८ असोज, काठमाडौं । आज पनि सुनचाँदीकै मूल्यमा गिरावट आएको छ।

सुनको भाउ आज तोलामा २ हजार ७ सय रुपैयाँ घटेर २ लाख ८९ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको सोमबार तोलामा २ हजार १ सय रुपैयाँ घटेको सुनको भाउ मंगलबार पनि तोलामा २ हजार २ सय रुपैयाँ घटेर २ लाख ९२ हजार २ सय कायम भएको थियो।

गएको तीन दिनमा सुनको भाउ सात हजार रुपैयाँ घटिसकेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १ सय रुपैयाँ घटेर ४ हजार २ सय ५५ रुपैयाँमा झरेको छ।

 


प्रतिकृया दिनुहोस्