२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिला केन्द्रीय सदस्यको मतगणनामा वासना थापा प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएकी छन्।
४ हजार ६८९ मत गणना हुँदा थापाले ३ हजार ४८४ मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेकी उर्मिला थपलियाले २ हजार ६४७ र निमा गिरीले २ हजार ६२० मत पाएका छन्। उनीहरूबीच २७ मतको मात्रै अन्तर छ।
त्यस्तै, कुसुमदेवी थापाले २ हजार १२९, धनाकुमारी खतिवडाले २ हजार १२५, अनिता देवकोटाले १ हजार ९३० र विनिता खड्काले १ हजार ८९२ मत प्राप्त गरेका छन्।
लक्ष्मी पाण्डेले १ हजार ७७२, सृजना अधिकारीले १ हजार ७६२, मुना भुसालले १ हजार ६३२ र चिनी पोखरेलले १ हजार ५६४ मत पाएका छन्।
अन्य उम्मेदवारको मत १ हजार ५१० देखि ५५० सम्म रहेको छ।
गणना भएका मतमध्ये १२ मत बदर भएका छन्। मतगणना जारी छ

























