Skip
आज : २०८३ आश्विन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो, चल्न थाले गाडी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २५ गते


Advertisement

धादिङ । सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा आइतबार दिउँसो ३ः१० बजेदेखि सवारीसाधन दुवैतर्फ चल्न थालेका हुन्।

नदीको कटानका कारण सडकको ठूलो भाग चर्किएर भासिएपछि शुक्रबार साँझदेखि राजमार्गमा आवागमन प्रभावित भएको थियो। सडकको करिब १०० मिटर भाग चर्किनुका साथै २० मिटर खण्ड भासिएको थियो।

भासिएको स्थानको माथिल्लो भाग कटान गरी सडक मर्मत तथा व्यवस्थापन गरेपछि यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। राजमार्ग पुनः सञ्चालनमा आएसँगै दसैँ मनाउन घर जाने यात्रु तथा उक्त मार्ग भएर यात्रा गर्नेहरूलाई सहज भएको छ।


प्रतिकृया दिनुहोस्