२३ असोज, । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढ्दा चाँदी १५ रुपैयाँले महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ४ सय ५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।






























