Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

क्यानडेली कवयित्री एन कार्सनले जितिन् साहित्यको नोबेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २२ गते


Advertisement

काठमाडौँ । क्यानडेली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेकी छन्।

७६ वर्षीया कार्सनका साहित्यिक कृतिले कविता, कथा र शैक्षिक अध्ययनबीचको परम्परागत सीमालाई पार गर्दै नयाँ शैली प्रस्तुत गर्दै आएका छन्।

नोबेल समितिका अनुसार शास्त्रीय परम्परासँगको खेलपूर्ण संवादमार्फत समकालीन साहित्यलाई नयाँ स्वरूप दिने साहसी र नवीन लेखनका लागि उनलाई यो सम्मान प्रदान गरिएको हो।

साहित्यतर्फको नोबेल पुरस्कार जीवनभरको साहित्यिक योगदानका लागि प्रदान गरिन्छ। पुरस्कारसँगै विजेताले १ करोड २० लाख स्विडिस क्रोनर प्राप्त गर्नेछिन।

कार्सनका चर्चित कृतिमा द ग्लास एसे, अटोबायोग्राफी अफ रेड स् अ नोभेल इन भर्स, नक्स, फ्लोट तथा द ब्यूटी अफ द हजब्यान्ड लगायत छन्।

उनले प्राचीन ग्रिक साहित्यका कृतिहरूको अनुवादसमेत गरेकी छन्। साथै, उनी तीन दशकभन्दा बढी समयदेखि क्लासिक्स विषयकी प्राध्यापकका रूपमा कार्यरत छिन्।


प्रतिकृया दिनुहोस्