Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस उपसभापतिमा डा. चन्द्र भण्डारीको उम्मेदवारी घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १९ गते


Advertisement

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले ‘रूपान्तरित कांग्रेस’ निर्माणको एजेन्डासहित उपसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।

उनले ‘समृद्ध मुलुक, खुसी नेपाली’लाई लक्ष्य बनाउँदै समयअनुकूल विचार बोकेको पार्टी निर्माणमा जोड दिएका छन्।

भण्डारीले कांग्रेसले विगतमा गौरवपूर्ण इतिहास निर्माण गरेको उल्लेख गर्दै अब पार्टी र देशको भविष्य निर्माण गर्ने जिम्मेवारी आफ्नो पुस्ताको रहेको बताएका छन्।

‘हामीले इतिहास बनाएका छौँ, अब भविष्य बनाउने जिम्मेवारी हाम्रो हो,’ उनले भनेका छन्।

उनले समृद्ध नेपाल, सुखी नेपाली र रूपान्तरित कांग्रेसका लागि आफूलाई विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।

 

 


प्रतिकृया दिनुहोस्