Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्र बैंकले १ रुपैयाँका ४० करोड नयाँ सिक्का ल्याउँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १८ गते


Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान नयाँ सिक्का ल्याउने भएको छ।

मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, टक्सार, आपूर्ति तथा ढुवानीका लागि पूर्वयोग्य कम्पनीबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको छ।

पूर्वयोग्य ठहरिएका कम्पनीले मात्र बोलपत्रमा सहभागी हुन पाउनेछन्। बोलपत्र कागजात नोभेम्बर २ सम्म खरिद गर्न सकिनेछ भने सिलबन्दी बोलपत्र पेस गर्ने अन्तिम समय नोभेम्बर ३ दिउँसो १२ बजे तोकिएको छ।

प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिनेछ।
बोलपत्रसम्बन्धी पूर्वबैठक अक्टोबर १५ मा थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा हुनेछ। बोलपत्रदाताले कम्तीमा १ लाख ४८ हजार अमेरिकी डलरको जमानत पेस गर्नुपर्नेछ।


प्रतिकृया दिनुहोस्