Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ किनबेच ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १८ गते


Advertisement

१८ असोज, काठमाडौं । शुक्रबार बढेको सुनको भाउ आज घटेको छ। चाँदीको मूल्यमा पनि आज गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ आज तोलामा २ हजार ९ सय रुपैयाँ घटेर २ लाख ९१ हजार ९ सयमा झरेको हो।

यसअघि शुक्रबार सुनको भाउ तोलमा १ हजार ५ सय रुपैयाँ बढेर २ लाख ९४ हजार ८ सय पुगेको थियो।

गत साताको सोमबार र मंगलबार दुई दिनमा सुनको भाउ तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि पनि तोलामा ६० रपैयाँ घटेर ४ हजार ३ सय ९० रुपैयाँमा झरेको छ। शुक्रबार चाँदीको भाउ ४ हजार ४ सय ५० रुपैयाँ थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो ।


प्रतिकृया दिनुहोस्