Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इरान घेर्न अमेरिकाको सैन्य शक्ति बढ्दै, होर्मुजमा तेल ट्यांकरमा आगलागी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १६ गते


Advertisement

१६ असोज, काठमाडौं । अमेरिकाले इरान आसपासको क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप विस्तार गर्ने तयारी गरेको छ।

अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार इरान नजिक तीनवटा विमानवाहक पोत र दुईवटा मरीन ल्यान्डिङ समूह तैनाथ गर्ने तयारी भइरहेको छ।

अधिकारीका अनुसार अमेरिकी नौसेनाको रुजवेल्ट स्ट्राइक ग्रुप र करिब २ हजार मरीन सैनिकसहितको मकिन आइल्यान्ड फोर्स स्यान डिएगोबाट प्रस्थान गरिसकेका छन्।

उक्त सैन्य तैनाथीको पूर्ण विस्तार नोभेम्बरसम्म पूरा हुने बताइएको छ।

यसैबीच, स्ट्रेट अफ होर्मुज ९होर्मुज जलडमरु० मा ठूलो तेल ट्यांकरमा आगलागी भएको छ।

बेलायतको युके मेरिटाइम ट्रेड अपरेसन्सका अनुसार करिब २५ लाख ब्यारेल तेल बोक्न सक्ने सुपरट्यांकरमा अज्ञात वस्तु प्रहार भएपछि आगलागी भएको हो।

घटना कसले गराएको हो भन्नेबारे तत्काल पुष्टि भएको छैन। आगलागीपछि जहाजको अवस्था तथा सुरक्षासम्बन्धी थप विवरण सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ।


प्रतिकृया दिनुहोस्