Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रोनाल्डोको अचानक निर्णय, राष्ट्रिय टोलीको क्याम्पबाट बाहिरिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १५ गते


Advertisement

१५ असाेज, काठमाडौं । पोर्चुगलका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले डेनमार्कविरुद्धको खेलअघि राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्।

प्रशिक्षक जोर्जे जेसुसले रोनाल्डोलाई सुरुआती टोलीमा नराख्ने बताएपछि उनले क्याम्प छाड्ने निर्णय गरेका हुन्।

रोनाल्डोले सामाजिक सञ्जालमार्फत निर्णयबारे जानकारी दिँदै यसको कारण ‘उचित समयमा’ बताउने बताएका छन्।

यद्यपि प्रशिक्षक जेसुसले आफू र रोनाल्डोबीच कुनै समस्या नरहेको दाबी गरेका छन्। रोनाल्डोको राष्ट्रिय टोलीबाट बिदाइ यसै अन्तर्राष्ट्रिय ब्रेकसम्म सीमित हुने वा निरन्तर रहनेबारे भने स्पष्ट भएको छैन।


प्रतिकृया दिनुहोस्