३१ भदौ, काठमाडौं । गाजा पट्टीमा युद्धको समयमा क्षतिग्रस्त भएको एउटा भवन रातिको समय भत्किँदा ८ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ ।
स्थानीय उद्धारकर्मीहरूका अनुसार दर्जनौँ बेपत्ता भएका छन्।
प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार गाजा सहरको ताल अल-हवा क्षेत्रमा रहेको छतले भवन एक वर्षभन्दा बढी समयअघि इजरायलको आक्रमणपछि खतरनाक रूपमा एकातर्फ ढल्केको थियो।
तर विस्थापित परिवार बाध्यताका कारण त्यही भवनमा बसिरहेका थिए।
संयुक्त राष्ट्र संघका एजेन्सी र इजिप्टको टोली भवनभित्र बेपत्ताहरूको खोजीमा जुटेका छन्। तर उपकरणको अभावले उद्धारमा ढिलाइ भइरहेको अधिकारीहरूले बताएका छन्।
स्थानीयका अनुसार त्यस भवनको अपार्टमेन्टमा करिब १० परिवार थिए ।
































