Skip

Hamro Sanchar

बाढी पीडितका लागी गरिमा विकास बैंकको १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३१ गते


Advertisement

३१ भदौ, काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि गरिमा विकास बैंक र विकास बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरु समेतको तर्फबाट कुल १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग गन घोषणा गरिएको छ ।

बाढी पश्चात उत्पन्न कठिन परिस्थितिबाट प्रभावित विभिन्न जिल्लाका नागरिकहरुको उद्धार, राहत तथा पुर्नस्थापना प्रयोजनको लागि कर्मचारीहरुको तर्फबाट एक दिनको तलब तथा भत्ता बराबरको रकम सोह्र लाख बिस हजार पाँच सय पचास र बैंकको तर्फबाट नगद चौंत्तिस लाख नब्बे हजार पाँच सय एकछठ्ठी मात्र समेत जम्मा रकम एकाउन्न लाख एघार हजार एक सय एघार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ।

साथै, विकास बैंकले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुर्नस्थापना सम्बन्धी कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट स्थानीय निकायसँगको समन्वयमा थप पचास लाख रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।


प्रतिकृया दिनुहोस्