२५ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि नजिक पुगेको छ।
५ खेलबाट १२ अंक जोडेको अन्नपुर्ण अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो।
आज भएको लिग चरणको आफ्नो अन्तिम खेलमा सगरमाथा स्म्यासर्सलाई ३-१ को सेटमा पराजित गर्दै अन्नपूर्ण फाइनलमा पुगेको हो।
काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा अन्नपूर्णले लगातार चौथो जित निकालेको हो।
पहिलो सेटमा २१-२५ ले पछि परेको अन्नपूर्णले पछ्ल्लिा तीन सेटमा लगातार जित निकाल्दै उपाधि नजिक पुगेको हो। अन्नपूर्णले दोश्रो सेट २५–२३, तेश्रो सेट २५–१४ र चौथो सेटमा २५–२० सगरमाथालाई पाखा लगायो।
लिगको पहिलो खेलमा अन्नपुर्ण कर्णाली शिवराजसँग ३–१ ले पराजित भयो। अन्नपूर्णले दोश्रो खेलमा काठमाडौं रेड्सलाई ३–०, तेश्रोमा मधेश वारियर्सलाई ३–१ र खप्तड फाल्कन्सलाई ३–० ले हराएको थियो।
लिगमा लगातार तेस्रो हार व्यहोरेको सगरमाथा भने लिगबाटै बाहिरिएको छ।
































