२५ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई खेल्ने भएका छन्।
फाइनल खेल शनिबार हुनेछ। प्रिमियर कपको विजेताले एसिया कपमा स्थान बनाउनेछ।
सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो।
नेपालले दिएको १ सय ४८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा समेटियो।
उता अर्को सेमिफाइनलमा युएईले हङकङलाई ७ विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो।
हङकङले दिएको ७१ रनको झिनो लक्ष्य युएईले ११।१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। सेमिफाइनलमा पराजित हङकङ र ओमान अब तेस्रो स्थानका लागि खेल्नेछन्।
































