Skip

Hamro Sanchar

कागेश्वरीमा ५ किलोमिटर दौड सम्पन्न, पुरुषतर्फ मुस्कान र महिलातर्फ सुनिता बने विजेता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २० गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको ‘कागेश्वरी ५के रन’ सम्पन्न भएको छ। ‘स्वस्थ कागेश्वरीका लागि दौडौं’ भन्ने नारासहित आयोजित प्रतियोगितामा २ सय ७५ जना सहभागी भएका थिए।

प्रतियोगितामा पुरुषतर्फ मुस्कान चालिसे प्रथम स्थान हासिल गर्न सफल भएका छन्। अजय पाण्डे द्वितीय र थाकेन्द्र शर्मा तृतीय स्थानमा रहन सफल भएका छन्।

त्यसैगरी महिलातर्फ सुनिता खड्का प्रथम, जेनिशा राई द्वितीय र कृतिका ह्यूनमिखा तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। साथै विजेताहरूलाई मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको छ।

विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ का अध्यक्ष मुकुन्द गजुरेलले पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतियोगितामा पुरुषतर्फ शीर्ष १० मा मुस्कान चालिसे, अजय पाण्डे, थाकेन्द्र शर्मा, प्रदीप खत्री, रविन्द्र राउत, मनोज तामाङ, अर्मन सिंह शेख, सुरज तामाङ, कुशल अधिकारी र सुरेन्द्र श्रेष्ठ रहेका छन्।

महिलातर्फ सुनिता खड्का, जेनिशा राई, कृतिका ह्यूनमिखा, रोजिता लामा, कृपा रक्का, आग्या खतिवडा, सलिना बिश्वकर्मा, अञ्जली गुप्ता, सुस्मिता क्षेत्री र केशाङ शेर्पा शीर्ष १० मा परेका छन्।

स्वास्थ्य, शारीरिक तन्दुरुस्ती तथा खेलकुदप्रति नागरिकको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले स्वस्थ जीवनशैली र नियमित व्यायामका लागि सकारात्मक सन्देश दिएको नगरपालिकाको भनाइ छ।

कार्यक्रम होराइजन इभेन्ट्सको व्यवस्थापनमा आयोजना गरिएको थियो।


प्रतिकृया दिनुहोस्