Skip
आज : २०८३ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दसैँको रौनक कायमै, टीका र आशीर्वाद थाप्ने क्रम जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ७ गते


Advertisement

काठमाडौं । बडादसैँको चौथो दिन शनिबार पनि टीका र जमरा लगाएर दसैँ मनाउने क्रम जारी छ।

विजयादशमीको मुख्य दिन टीका लगाउन नभ्याएका व्यक्तिहरू आफन्त तथा मान्यजनकहाँ पुगेर टीका र जमरा लगाइरहेका छन्।
नवदुर्गाको प्रसादका रूपमा मान्यजनबाट रातो टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिने तथा दिने क्रम जारी रहेको छ। रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने धार्मिक परम्परा छ।

यस वर्ष बुधबार विजयादशमी परेको थियो। मुख्य दिन टीका लगाउन नभ्याएकाहरूले त्यसपछि पनि मान्यजनबाट टीका ग्रहण गरिरहेका छन्।

विजयादशमीको दिनलाई टीका लगाउने मुख्य दिन मानिए पनि नेपाली परम्पराअनुसार कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने चलन छ। दसैँको टीका लगाउने र आशीर्वाद लिने क्रम जारी रहँदा काठमाडौंमा पनि चहलपहल बढ्न थालेको छ।


प्रतिकृया दिनुहोस्