Skip

Hamro Sanchar

माछापुच्छ्रे बैंकले गर्यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १५ गते


Advertisement

१५ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवा बाढि प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका अध्यक्ष रोशन केसीले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

बाढीपहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको अवस्थामा बैंकले आफ्नो तर्फबाट आर्थिक सहयोग गरेको जनाएको छ ।

विपत्ति लगत्तै बैंकले प्रभावित नागरिकका लागि खाद्यान्न, ओढ्ने–ओछ्याउनेलगायत दैनिक उपभोग्य राहत सामग्रीसमेत उपलब्ध गराइसकेको जनाएको छ ।

 


प्रतिकृया दिनुहोस्