१५ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा पुगेको छ । यो दिन सूचक सँगै कारोबार रकम पनि घटेको छ ।
लगानीकर्ताले दिनभर घटेको बजारमा ३४७ कम्पनीको ९३ लाख २२ हजार कित्ता सेयर ३ अर्ब ६४ करोडमा किनबेच गरेका हुन् ।
कारोबार सुरु भएसँगै घट्न थालेको बजारले बन्द हुने बेलासम्म टेवा पाउन सकेन । आज कारोबारमा आएका २५३ कम्पनीको सेयर मूल्य घटेको छ । जसमा सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत् आयोजनाका लगानीकर्ताले मूल्यमा १४।९८ प्रतिशतले गुमाएका हुन् ।
त्यस्तै, रसुवागढी हाइड्रोपावर, माछापुच्छ्रे इक्विटी, चिलिमे हाइड्रोको १० प्रतिशतभन्दा धेरैले मूल्य घटेको छ । भदौ १० गते रसुवामा आएको बाढीले जलविद्युत् आयोजनामा क्षति पुर्याउँदा ती आयोजनाको मूल्यमा भारी गिरावट आएको हो ।
यस्तै राताम्मे बजारमा पनि बढ्नेमा भने २१ वटा कम्पनी रहेका छन् । जसमा उपकार लघुवित्त वित्तीय संस्था १३
१६ प्रतिशतको मूल्यवृद्धिसहित अगाडि देखिएको छ ।































