१४ भदौ, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख आर्थिक सहयोग गरेको छ ।
रसुवाको भोटेकोसी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद् परिस्थितिप्रति गहिरो संवेदना व्यक्त गर्दै उक्त सहयोग गरेको हो ।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध सिद्धार्थ बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वासका साथ उक्त रकम कोषमा उपलब्ध गराएको हो ।































