१४ भदौ, काठमाडौँ । झापाको बिर्तामोडस्थित भाट–भटेनी सुपर स्टोर आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ।
भाट–भटेनी सुपर मार्केट प्रा.लि.ले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त शाखाको पुनः सञ्चालनबारे औपचारिक जानकारी गराएको हो।
भाट–भटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार भोलिदेखि उक्त स्टोरबाट ग्राहकहरूलाई दैनिक रूपमा नियमित सेवा प्रवाह गरिनेछ।
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक पूर्वाधार र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले यथावत् राखेको जनाएको छ।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूले देखाएको निरन्तर साथ, सहयोग र विश्वासप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
साथै, आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै कम्पनीले सबैलाई स्टोरमा उपस्थितिका लागि हार्दिक अनुरोध समेत गरेको छ































