९ भदौ, काठमाडौं । ओपनर आसिफ शेखको विष्फोटक शतकको मद्दतले नेपालले एसीसी प्रिमियर कपअघिको अभ्यास खेलमा मलेसियामाथि शानदार जित हासिल गरेको छ।
मलेसियाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि खेल ४८ ओभरमा घटाएर नेपाललाई २२८ रनको संशोधित लक्ष्य दिइएको थियो। नेपालले उक्त लक्ष्य मात्र २८ ओभरमा पूरा गर्दै प्रभावशाली जित दर्ता गरेको हो ।
नेपालको जितका मुख्य नायक बनेका आसिफ शेखले मात्र ८५ बलमा १६१ रनको आक्रामक शतकीय पारि खेले। उनले अर्का ओपनर अर्जुन कुमालसँग मिलेर पहिलो विकेटका लागि २२० रनको दोहोरो शतकीय साझेदारी गरेका थिए। अर्जुनले ६१ रन बनाउँदै नटआउट रहे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८।२ ओभरमा अलआउट हुँदै २३२ रन बनाएको थियो । मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए ।































