९ भदौ, काठमाडौं । प्रशिक्षक ज्याभी एलोन्सोको नेतृत्वमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार विजयी सुरुआत लिएको छ ।
उसले वेस्ट लन्डन डर्बीमा फुलहमलाई रोमाञ्चक खेलमा ३–२ ले हराएको हो । चेल्सीका लागि मोर्गन रोजर्स, कोल पाल्मर र जाओ पेड्रोले गोल गरे ।
त्यसमध्ये पेड्रोले ३१ औं सेकेन्डमा गोलको खाता खोलेका थिए । यसै सिजन मात्रै मोर्गन बेलायती फुटबल इतिहासमै सबैभन्दा महँगो खेलाडीका रूपमा कीर्तिमानी १५ करोड ९० लाख डलरमा एस्टन भिल्लाबाट भित्रिएका थिए ।
फुलहमका तर्फबाट जोस किंग र गोन्जालो गार्सियाले एक एक गोल फर्काए । एलोन्सोले यसअघि रियल म्याड्रिड सम्हालेका थिए । उनी त्यहाँ आठ महिना मात्रै टिके र वर्खास्तीमा परे ।































