Skip

Hamro Sanchar

टप एन्ड टी-२० शृंखलामा नेपाल विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ८ गते


Advertisement

८ भदौ, काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० शृंखलामा नेपाल ‘ए’ टोलीले घरेलु टोली होबर्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको छ।

आज डर्बिनको मरारा क्रिकेट मैदानमा नेपालले दिएको १५५ रनको लक्ष्य पछ्याउने क्रममा हरिकेन्स ११५ रनमै समेटिएको हो।

हरिकेन्सका लागि प्रारम्भिक ब्याटर नितेश स्यामुअलले ३७, टिम वार्डले २३ र निवेथन राधाकृष्णनले २० रन बनाए। अन्य खेलाडी नेपाली बलरसामु टिक्न सकेनन्।

नेपालका लागि नारायण जोशीले तीन, शहाब अलाम र पवन सर्राफले दुई–दुई तथा विपिन खत्रीले एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १५४ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले ३९ रन बनाए।

त्यस्तै, कप्तान अनिल शाहले २१, मयन यादव ३१, लोकेश बमले २० र तृतराज दासले १० रन बनाए।

हरिकेन्सका लागि म्याकमिलानले तीन विकेट लिए। मार्क्युस बिनले दुई, ब्रान्ड होप र निभेथान राधाकिशनले एक–एक विकेट लिए।

टप एन्ड टी–२० शृंखलाअन्तर्गत यसअघि भएका दुई खेलमा नेपाल पराजित भएको थियो। अब नेपालले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटरीसँग प्रतिस्पर्धा गर्नेछ


प्रतिकृया दिनुहोस्