Skip

Hamro Sanchar

तोलामा ३२ सय रूपैयाँले बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ८ गते


Advertisement

८ भदौ, काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।

आइतबार प्रतितोला २ हजार ८ सय रूपैयाँले बढेको सुनको मुल्य आज तोलामा ३ हजार २ सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको जनाएको छ।

आइतबार सुन प्रतितोला तीन लाख १९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य भने घटेको छ। चाँदी आइतबार प्रतितोला चार हजार ९ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। चाँदी सोमबार तोलामा चार हजार ९ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस चार हजार ६ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्