Skip

Hamro Sanchar

तोलामा ३३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ५ गते


Advertisement

५ भदौ, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुन प्रतितोला तीन लाख १३ हजार ४०० मा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदी प्रतितोला चार हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सोही परिणामको चाँदी चार हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिकृया दिनुहोस्