४ भदौ, काठमाडौं । भदौ महिना सुरु भएसँगै नेपालमा अन्डाको मूल्य फेरि बढेको छ।
नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी अन्डाको नयाँ फार्म समर्थन मूल्य सार्वजनिक गरेको हो।
चितवनलाई आधार मानेर तोकिएको नयाँ मूल्यअनुसार एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ।
यस्तै, ठूलो अन्डा ५७५ रुपैयाँ र मिडियम अन्डा ५३५ रुपैयाँ प्रतिक्रेट कायम गरिएको छ। सानो अन्डाको मूल्य भने प्रतिपेटी ३२ सय रुपैयाँ नै रहेको छ।
संघले एक सातामै अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको हो। यसअघि ३० साउनदेखि लागू हुने गरी एक्सएल अन्डा ५७५ रुपैयाँ, ठूलो अन्डा ५६० रुपैयाँ र मिडियम अन्डा ५२० रुपैयाँ प्रतिक्रेट तोकिएको थियो।
नयाँ मूल्यअनुसार यसपटक सबै प्रकारका अन्डाको फार्म समर्थन मूल्य बढेको छ। साउन महिनामा मात्रै चार पटक बढेको अन्डाको समर्थन मूल्य भदौमा झनै बढाइएको छ ।



























