Skip

Hamro Sanchar

एकै दिन तोलामा ९ हजार रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ४ गते


Advertisement

४ भदौ, काठमाडौं । आज घटेको सुनचाँदीकै मूल्यमा आज भारी वृद्धि भएको छ।

सुनको भाउ आज तोलामा ९ हजार ३ सय रुपैयाँ बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ घटेर ३ लाख ४ हजार १ सयमा झरेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि व्यापक मात्रामा बढेको छ। तोलामा २६० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ।

हिजो चाँदीको भाउ तोलाको ४ हजार ५ सय ९५ रुपैयाँ थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।


प्रतिकृया दिनुहोस्