Skip

Hamro Sanchar

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १ गते


Advertisement

१ भदौ, काठमाडौँ । सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको मूल्य अनुसार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको हो ।

आइतबार यस्तो मूल्य ३ लाख ५ हजार २ सय रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ ।

चाँदी आज प्रतितोला ४ हजार ७७० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ रहेको थियो ।


प्रतिकृया दिनुहोस्