Skip

Hamro Sanchar

तोलामा ४ हजार ६ सय रुपैयाँ घट्यो सुनका मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २९ गते


Advertisement

२९ साउन, काठमाडौं । सुनको मुल्य फेरि लगातार घट्न थालेको छ।

सुनको मुल्य आज तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मुल्य तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख ६ हजार २ सयमा झरेको थियो। त्यसअघि बुधबार पनि सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ९० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ६ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ ४ हजार ७ सय ५० रुपैयाँ थियो।


प्रतिकृया दिनुहोस्