२५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने एकदिवसीय टिमको नयाँ कप्तान नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई एकदिवसीय क्रिकेटको कप्तान नियुक्त गरेको जनाएको हो ।
आउँदो अगष्ट ३० देखि मलेसियामा एसीसी प्रिमियर कप हुँदै छ ।































