काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा.खड्कबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले पर्वत घर भएका प्रा. डा. केसीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । सचिव पदमा प्रा.डा. रोजी श्रेष्ठ (भोजपुर)नियुक्त भएकी छन् ।































