Skip

Hamro Sanchar

पद्मश्री साहित्य पुरस्कारका लागि यी हुन् उत्कृष्ट ५ पुस्तक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १५ गते


१५ साउन, काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक गरेको छ ।

पुरस्कार छनोट प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीमा रहेका १५ पुस्तकहरूमध्ये निर्णायक मण्डलको सिफारिसमा पाँच पुस्तकलाई संक्षिप्त सूचीमा समावेश गरिएको प्रतिष्ठानले जनाएको छ ।

उत्कृष्ट पाँच सूचीमा परेका पुस्तकहरूमा क्षितिज समपर्णको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, डा.नवराज केसीको ‘स्वस्पर्श’, श्रवण मुकारुङको ‘सलह’ र नदीशको ‘हिउँद’ रहेका छन् ।


प्रतिकृया दिनुहोस्