Skip

Hamro Sanchar

लिग-२ मा जित विहिन नेपाल : अन्तिम खेलमा नेदरल्यान्ड्ससंग पनि हार्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १४ गते


१४ साउन, काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग नेपाल ५७ रनले पराजित भएको छ।

जारी शृंङ्खलाको अन्तिम खेलमा नेदरल्यान्डसँग पराजित हुँदा नेपालले जितविहीन बन्यो।

उट्रेचमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रन बनाएको हो। नेदरल्यान्ड्सले दिएको २२६ रनको विजयी लक्ष्य पछाएको नेपाल ४८ ओभरमा १६८ रन बनाउँदै अलआउट भएको हो।

नेपालका लागि ओपनरबाट आसिफ शेखले सर्वाधिक ३८ रन बनाए उनले ७८ बल खेल्दै २ चौका प्रहार गरे। पहिलो विकेटको रुपमा कुशल भुर्तेल डकआउट हुँदा नेपाल सुरुवाती समयदेखि नै पछाडि परेको थियो। वन डाउन आएका भीम सार्कीले १० रन बनाउँदा इशान पाण्डेले १६ रन बनाए।

कप्तान रोहितकुमार पौडेलले २६ रन बनाउँदा त्यसपछिका दुई ब्याटर दोहोरो अङ्क नबनाई पेभिलियन फर्के गुल्सन झाले २६ बलमा १ चौका प्रहार गर्दै ११ रन बनाए।

तल्लो क्रममा ब्याटिङमा आएका करण केसीले २९ बलमा २ छक्का सहित २३ रन बनाए। हेमन्त धामी १५ रन बनाउँदै अविजित रहे। अन्तिम विकेटको रूपमा ४८ औं ओभरको अन्तिम बलमा बललित राजवंशी शून्यमा बोल्ड भएका हुन्।

नेदरल्यान्ड्सका लागि बलिङतर्फ काइल केलिनले सर्वाधिक ३ विकेट लिए । लोगान भान विक, रोइलोफ भान डेर मेर्वी, जाच लाएन क्याचलेट २र२ विकेट लिँदा आर्यन दत्तले १ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको नेदरल्यान्ड्सको लागि नोआ क्रोसले सर्वाधिक ७० रन बनाए। उनले ९३ बलमा ३ चौका प्रहार गर्दै कुशल भुर्तेलको हतबाट रनआउट भए। उनले पाँचौं विकेटको लागि कप्तान स्कट एड्वार्डसँग ११५ रनको शतकीय साझेदारी बनाएका थिए। ओपनर सेड्रिक डी लाङ्गे डक आउट भए। म्यास ओडोउडले १२ रन बनाए। जाच लाएन क्याचलेटले १६ रन बनाए।

सुरुवाती ३ विकेट पहिलो पावरप्लेमा गुमाएको नेदरल्यान्ड्सका लागि कप्तान स्कट एड्वार्ड र नोआ क्रोसले पाँचौं विकेटको लागि ११५ रनको शतकीय साझेदारी गर्दै नेदरल्यान्ड्सको स्कोर उकासेका थिए। कप्तान स्कटले ५७ रनको पारी खेले। वास डी लेडे १३ रन बनाउँदै ललित राजवंशीको बलमा बोल्ड भए। अन्नितम विकेटको रुपमा इनिङ्सको अन्तिम बलमा लोगान भान विकले २७ रन बनाउँदै करण केसीको बलमा दिपेन्द्र सिंह ऐरीको हातमा क्याच भए।

नेपालको लागि करण केसीले सर्वाधिक ४ विकेट लिए। दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए। हेमन्त धामी र ललित राजवंशीले १-१ विकेट लिए।

नेपालले जारी शृंखलाको पहिलो खेलमा नामिबीयासँग ८ विकेट, दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेट र तेस्रो खेलमा नामिबीयासँग ३ रनले पराजित भएको थियो


प्रतिकृया दिनुहोस्