Skip

Hamro Sanchar

विराटनगर, इटहरी र इनरुवामा आज पनि विद्यालय बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १३ गते


१३ साउन, काठमाडौं । सुनसरी घटनापछि विराटनगरका अधिकांश विद्यालय आज पनि बन्द हुने भएका छन् ।

विद्यार्थी तथा अभिभावकको आग्रहअनुसार पठनपाठन नगराउने निर्णय भएको विद्यालयले जनाएका छन् ।

मंगलबार पनि अधिकांश विद्यालय बन्द रहेका थिए । आगामी शैक्षिक गतिविधिबारे सम्बन्धित विद्यालयहरूले थप सूचना जारी गर्ने जनाएका छन् ।

सुनसरीको इटहरी, दुहबी, इनरुवालगायत क्षेत्रहरूमा कर्फ्यु आदेश जारी भएपछि शैक्षिक संस्था नियमित रूपमा सञ्चालन हुन नुसकेका हुन् ।

देवानगञ्ज घटनाका कारण सुनसरीका पाँचवटा पालिकामा साउन ११ गतेदेखि नै शैक्षिक संस्था बन्द छन् ।


प्रतिकृया दिनुहोस्