Skip

Hamro Sanchar

विश्वकप लिग -२ मा नेपालले आज नामिबियासँग खेल्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ११ गते


११ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

यो खेल नेदरल्यान्ड्समा नेपाली समयअनुसार दिउँसो पानै ३ बजे शुरु हुनेछ ।

नेपाल र नामिबियाबीचको यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।

पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन् । हालै सम्पन्न लिग–२ को खेलमा नामिबियाले

नेपाललाई ८ विकेटले पराजित गरेको थियो । नेपालले यसअघि लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँग खेलेको खेलमा ६ विकेटले पराजय बेहोरेको थियो ।

नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्यान्ड्ससँग ५८ रनको हार व्यहोरेको थियो ।

त्यसैले दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा रहनेछन् ।


प्रतिकृया दिनुहोस्