Skip

Hamro Sanchar

कसरी लिक भयो एमबीएसकाे प्रश्नपत्र ? २ जना पक्राउ, छानबिन समिति बन्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १० गते


१० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको खुलासा भएको छ । उक्त घटनामा सम्लग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ समेत गरेको छ ।

पक्राउ गरिएको विषयमा प्रहरीले सार्वजनिक रूपमा जानकारी गराएको छैन । शिक्षा मन्त्रालय स्रोतले भने दुईजनालाई सोधपुछका निम्ति नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रहरी एक उच्च स्रोतले पनि प्रश्नपत्र ‘आउट’ गर्नेमाथिको अनुसन्धान तीव्र पारिएको र केही व्यक्तिलाई नियन्त्रणमा लिइएको बतायो ।

त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालयले लिएर मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षाकै समयमा बाहिरिएको घटना सार्वजनिक भएको थियो । आज दुईजनालाई नियन्त्रणमा लिइएको हो ।

यही साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको एक विषयको परीक्षा चलिरहेकै समयमा प्रश्नपत्र सामाजिक सञ्जाल तथा ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक भएको थियो ।

‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेको छ ।

परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको भन्दै फेसबुक पेज ‘टीयू स्टुडेन्ट्स’ले त्रिविको ध्यानाकर्षण गराएको थियो ।

यस्तै त्रिविले प्रश्नपत्र बाहिरिएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।


प्रतिकृया दिनुहोस्