Skip

Hamro Sanchar

काभा भलिबलमा आज नेपाल बंगलादेशसँग खेल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १० गते


१० साउन, काठमाडौँ । पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो १ बजे इस्लामावादस्थित लियाकत व्यायामशालामा हुनेछ । नेपालले आज चौथो खेल खेल्न लागेको हो ।

यसअघिका तीन खेलमा लगातार हार बेहोरेको नेपाल पहिलो जितको खोजिमा रहेको छ । सेमिफाइलनको सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्ने पर्ने दबाब रहेको छ ।

यसअघिका खेलमा नेपाल काजकिस्तान, श्रीलङ्का र पाकिस्तानसँग पराजित भएको थियो । नेपालले पहिलो चरणको अन्तिम खेल सोमबार उज्वेकिस्तानसँग खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलङ्का, बङ्गलादेश र उज्वेकिस्तान गरी ६ टोली सहभागी छन् ।


प्रतिकृया दिनुहोस्