Skip

Hamro Sanchar

आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २५ गते


२५ असार, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ भने कोशी र गण्डकीका केही पहाडी क्षेत्रमा धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।


प्रतिकृया दिनुहोस्