Skip

Hamro Sanchar

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार बढी विद्यार्थी ग्रेडेड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २३ गते


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)२०८२ अन्तर्गत सञ्चालन गरिएको ग्रेडवृद्धि (पूरक)परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार असार १ देखि ९ गतेसम्म सञ्चालन भएको परीक्षामा आवेदन दिएका १ लाख ४८ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २९ हजार १९४ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये ८३ हजार ५२३ जना ग्रेडेड भएका छन्।

बोर्डले परीक्षाफल २० वटा संस्थाका वेबसाइट, आईभीआर तथा एसएमएस–यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ ।

नतिजामा चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने बोर्डले जनाएको छ । नतिजा प्रकाशनका क्रममा कुनै प्राविधिक त्रुटि देखिए आवश्यक परीक्षणपछि सच्याइने व्यवस्था पनि गरिएको छ ।


प्रतिकृया दिनुहोस्