
२३ असार, काठमाडौं । स्पेन विश्वकपको क्वाटरफाइनल चरण प्रवेश गरेको छ ।
अमेरिकामा भएको खेलमा पोर्चुगललाई पराजित गर्दै स्पेनले क्वाटरफाइनलको भिडन्त सुनिश्चित गरेको हो ।
स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ९१ औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गरे ।
जारी विश्वकपमा स्पेनले हालसम्म कुनै पनि खेलमा गोल खाएको छैन।पोर्चुगलसँगको खेलमा पनि त्यसले निरन्तरता पाएको छ ।
स्पेनले अमेरिका र बेल्जियमको खेलबाट तय हुने विजेतासँग क्वाटरफाइनल खेल्नेछ ।






























