Skip

Hamro Sanchar

नेपाल शिक्षक महासंघ, काठमाडौं जिल्ला कार्यसमिति अध्यक्षमा गणेश गुरागाई सर्वसम्मत, यस्तो बन्यो कार्यसमिति

सुदिप बर्देवा प्रकाशित : २०८३ असार, १९ गते


काठमाडौं, असार १९- नेपाल शिक्षक महासङ्घ जिल्ला समिति काठमाडौं पहिलो पटक गठन भएको छ। नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित कार्यक्रममा २७ सदस्यीय जिल्ला कार्यसमितिले पूर्णता पाएको हो।

नवगठित कार्यसमितिको अध्यक्षमा गणेशप्रसाद गुरागाईं सर्वसम्मत चयन हुनुभएको छ। यसअघि २०८३ साल जेठ ३० गते अध्यक्ष पदबाहेक अन्य सबै पदमा सर्वसम्मत चयन भएको थियो भने अध्यक्ष पदको निर्णय २०८३ साल असार १९ गते सर्वसम्मत रूपमा भएपछि कार्यसमितिले पूर्णता पाएको हो।

कार्यसमितिको सहअध्यक्षमा कृष्णराज कट्टेल, उपाध्यक्षमा वासुदेव खनाल, महिला उपाध्यक्षमा तारा अधिकारी, सचिवमा नारायणप्रसाद गौतम, सहसचिव (अर्थ) मा गोविन्दप्रसाद पौडेल, महिला सहसचिवमा अनिता अधिकारी तथा सहसचिवहरूमा समुद्र तिमिल्सिना, दिवसबाबु पोखरेल र रामहरि ढकाल चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा सूर्यबहादुर खड्का, चक्रबहादुर विष्ट, भववती सिलवाल, सरिताकुमारी प्रसाईं, श्रवण बस्नेत, तारा मिश्र, सुमित्रा सिग्देल, बविता साही ठकुरी, दिनेश लामा, भरत भण्डारी, सृजना खड्का गिरी, सूर्यकुमार उपाध्याय, डिल्लीराज ज्ञवाली, विनोद खनाल, सुशीला खनाल, वीरबल्लभ घिमिरे र तेजेन्द्र सुवेदी रहनुभएको छ।

नवगठित कार्यसमितिका सचिव नारायणप्रसाद गौतमले हाम्रो सञ्चारसँग कुरा गर्दै काठमाडौं जिल्लामा नेपाल शिक्षक महासङ्घको जिल्ला समिति पहिलो पटक गठन भएको जानकारी दिनुभयो। उहाँले समितिको गठनसँगै जिल्लास्तरमा शिक्षकहरूको हकहित, पेशागत एकता तथा महासङ्घका गतिविधिलाई थप प्रभावकारी रूपमा अगाडि बढाइने विश्वास व्यक्त गर्नुभयो।


प्रतिकृया दिनुहोस्