Skip

Hamro Sanchar

त्रिविको उपकुलपतिमा भोला थापा नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १९ गते


Advertisement

१९ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त भएका छन्।

त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार प्रा.डा.थापालाई उपकुलपति नियुक्त गरेका हुन्। काठमाडौँ विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्रा.डा. थापा इन्जिनियर हुन्।

लेक्चरबाट काठमाडौँ विश्वविद्यालय प्रवेश गरेका उनी डीन, रजिस्ट्रार हुँदै उपकुलपति बनेका थिए। उनी २०५१ सालदेखि उनी काठमाडौँ विश्वविद्यालयसँग आवद्ध छन्।

काठमाडौँमा जन्मिएका उनी थापागाउँमा बस्दै आएका छन्। उनले २०३८ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। माध्यामिक तहसम्म कीर्तिपुरस्थित लेबोरेटरी माध्यमिक विद्यालयमा पढेका थिए।

उनले नर्वेको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी ट्रन्डहाइमबाट विद्यावारिधि गरेका हुन्। उनी इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि र ऊर्जा अनुसन्धानमा सक्रिय छन् ।


प्रतिकृया दिनुहोस्