Skip

Hamro Sanchar

ट्राफिक कारबाहीबाट २४ घन्टामा १३ लाख ३३ हजार राजस्व उठ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १९ गते


१९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्।

यसबाट राज्यकोषमा १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, सङ्केत बत्ती उल्लंघनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२८, निषेधित क्षेत्रमा हर्न बजाउने ८७, सडकपेटीमा ‘पार्किङ’ गर्ने ८५ , एकतर्फी सडकमा सवारी चलाउने ५६ र अन्य सवारी नियम पालना नगरेका एक हजार २४९ जनालाई कारबाही गरिएको हो


प्रतिकृया दिनुहोस्