Skip

Hamro Sanchar

स्विडेनविरुद्ध नेदरल्यान्ड्सको सानदार जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ७ गते


७ असार, काठमाडौं । फिफा विश्वकपमा नेदरल्यान्ड्सले स्विडेनमाथि सानदार जित निकालेको छ ।

नेपाली समयअनुसार शनिबार राति ह्युस्टन रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सले स्विडेनमाथि ५-१ गोलको सानदार जित निकालेको हो ।

सुरुदेखि नै स्विडेनमाथि दबाब सिर्जना गरेको नेदरल्यान्डले पहिलो हाफमा २ गोल गरेको थियो । त्यसपछि दोस्रो हाफमा ३ गोल थप्यो ।

नेदरल्यान्ड्सका लागि ब्रायन ब्रोब्बी र कोडी गाक्पले २र२ तथा क्राइसेन्सियो समरभिल १ गोल गरे ।

स्विडेनका एन्थोनी एलाङ्गाले १ गोल फर्काए ।


प्रतिकृया दिनुहोस्