
२७ जेठ, काठमाडौं । सुनको मूल्य आज एकै दिन तोलामा १० हजार रुपैयाँ बढीले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १० हजार १ सय रुपैयाँ घटेर दुई लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन मंगलबार तीन लाख एक हजार ९०० रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा १८५ रुपैयाँ घटेको छ ।
यससँगै चाँदी प्रतितोला चार हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी प्रतितोला चार हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।






























