Skip

Hamro Sanchar

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र आउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २३ गते


२३ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा–१०)ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ ।

आउँदो असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदै छ । एसइई–२०८२ को परीक्षाफल यसअघि एक महिनामा प्रकाशन गरिएको थियो ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले आउँदो असार २५ गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताए ।

एसइईमा एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएकामा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने यकिन तथ्यांक प्राप्त भइनसकेको उनले उल्लेख गरे ।

‘ग्रेड सी’भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन् ।


प्रतिकृया दिनुहोस्