
२५ बैशाख, काठमाडौँ । आज पनि नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा १ हजार ३०० र चाँदी १२० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ५ हजार २७५ रुपैयाँ कायम भएको छ ।
हिजो अर्थात बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० र चाँदी प्रतितोला ५ हजार १५५ मा रुपैयाँमा कारोबार भएको थियो ।











